काठमाडौं : प्रधानमन्त्री तथा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि परिवारवादको चर्को आरोप लागिरहँदा नेकपा माओवादी केन्द्रले उनका भाइ नारायण दाहाललाई राष्ट्रियसभा अध्यक्षमा उम्मेदवार बनाउने भएको छ ।
आज बसेको माओवादी पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो । यसअघि हालका उपाध्यक्ष उर्मिला अर्याल र झक्कु सुवेदीको नाम पनि चर्चामा थियो ।
तर,अध्यक्ष प्रचण्डको प्रस्तावमा सबै पदाधिकारी सहमत भएपछि मनोनित कोटाबाट सांसद बनेका दाहालको पक्षमा पासा पल्टिएको हो ।
नयाँ गठबन्धनमा राष्ट्रियसभा अध्यक्ष माओवादीले पाउने सहमति छ । जसअनुसार एमाले,माओवादी, एकीकृत समाजवादी र जसपा एक ठाउँमा हुँदा दाहाल अध्यक्ष बन्ने निश्चित देखिन्छ ।
Facebook Comments Box