धनगढी : सशस्त्र प्रहरीले कैलालीको धनगढीबाट आठ लाख बढी मूल्यको लत्ताकपडा बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३४ गण हेड क्वाटर कैलालीले धनगढी उपमहानगरपालिका-२, बैयाबेहडी क्षेत्रबाट शनिबार आठ लाख ७४ हजार बराबरको अवैध लत्ताकपडा बरामद गरेको हो ।
धनगढी उप-महानगरपालिका-२, बैयावेहडी सिएलमार्ट स्थित प्यासेजमा धोती र कुर्ता सुरुवाल छ वटा बोरामा प्याक गरी लुकाई छिपाई राखेको छ भन्ने बिशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल नं. ३४ गण हेड क्वाटर कैलालीबाट सशस्त्र प्रहरी उपरीक्षक दलबहादुर पाण्डेको कमाण्डमा खटिएको सशस्त्र प्रहरीको टोलीले बरामद गरेको बताइएको छ ।
बरामद लत्ताकपडा आवश्यक कारवाहीको लागि कैलाली भन्सार कार्यालय त्रिनगरमा बुझाईएको सशस्त्र प्रहरी नायव उपरीक्षक साजेन्द्र प्रसाद श्रेष्ठले बताए ।
Facebook Comments Box