धनगढीः सुदूरपश्चिम प्रदेशमा कांग्रेस र नागरिक उन्मुक्ति पार्टीका नेताहरूले सभामुख भीम भण्डारीलाई भेटेर छलफल गर्न पुगेका छन्। पछिल्लो राजनीतिक अवस्थाबारे सभामुख भण्डारीलाई कांग्रेस र नाउपाका सांसदले छलफल गर्न पुगेका हुन्।
कांग्रेस प्रमुख सचेतक विक्रम धामीको नेतृत्वमा कांग्रेसका केही नेता र नाउपका संसदीय दलका नेता घनश्याम चौधरीको टोली सभामुख भण्डारीलाई भेट्न पुगेका हुन्।
घनश्याम चौधरीलाई हिजै अध्यक्ष रन्जिता श्रेष्ठले दलको नेता बर्खास्त गरेकी थिइन्। श्रेष्ठले सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीलाई पत्र लेख्दै घनश्यामको जिम्मेवारी खोसेर कैलाश चौधरीलाई जिम्मेवारी दिएकी थिइन्।
नाउपाकै एक सांसद इन्दिरा गिरी पनि हिजो पदमुक्त भएको छन्। आज दुवै जना सभामुख कक्षमा पुगेका छन्।
Facebook Comments Box