धनगढी: नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी आजदेखि सहायक रथी गौरवकुमार केसीलाई दिइएको छ। यस अगाडि सैनिक जनसम्पर्क तथा सूचना निर्देशक एवं नेपाली सेनाको प्रवक्ताको जिम्मेवारीमा रहेका सहायक रथी कृष्णप्रसाद भण्डारीले केसीलाई जिम्मेवारी हस्तान्तरण गरेका हुन्।
उनलाई औपचारिक रुपमा प्रवक्ताको कार्यभार हस्तान्तरण गरिएको बुझिएको छ।
प्रवक्ता केसी यसअघि पोखरास्थित ३ नम्बर बाहिनी प्रमुख थिए। प्रवक्ताबाट भण्डारी सैनिक अभिलेखालयको जिम्मेवारीमा पुगेका छन्।
Facebook Comments Box