काठमाडौं: दिपक लामिछानेले तत्कालीन गृहमन्त्री तथा हालका उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजीसँग बार्गेनिङ नगरेको दाबी गरेका छन्। उनले महेन्द्रनगरपोष्टको समाचारमा ध्यानाकर्षण भएको भन्दै आफूले बार्गेनिङ नगरेको र जानुका पाठक उर्फ ‘शोभा’सँग आफ्नो कुनै लेनदेन तथा बार्गेनिङको योजना नबनेको दाबी गरेका हुन्।
यस्तै लामिछानेले शोभासँग आफ्नो नातागत सम्बन्धबाहेन अन्यथ्या नभएको प्रष्ट पारेका छन्। शोभा उनै महिला हुन्, जो पछिल्लोसमय एकपछि अर्को व्यक्तिसँग विवादित सम्बन्धका कारण नाम जोडिदै चर्चामा आएकी थिइन्। धादिङ जिल्ला ज्वालामुखी गाउँपालिका-७ स्थायी घर भएकी ‘शोभा’ले गरेका बार्गेनिङ प्लानसहितका विभिन्न विषयवस्तुहरु महेन्द्रनगरपोष्टले निरन्तर फ्लोअप गर्दै आएको छ।
सोही क्रममा केही समय अगाडि महेन्द्रनगरपोष्टले शोभाको समूह अर्थात् उनका आफ्नै (बहिनी ज्वाइँ) नातापर्ने तनहु स्थायी घर भएका दिपक लामिछानेसहितले तत्कालीन गृहमन्त्री तथा हालका उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजीसँग बार्गेनिङ गर्ने तयारी गरेको समाचार सम्प्रेषण गरेको थियो।
महेन्द्रनगरपोष्टले सो समूहको बार्गेनिङ गर्ने तयारीसहितको अडियो र भिडियो प्रमाण फेला पारेपछि समाचार प्रकाशन गरेको थियो। तर लामिछानेले भने सो कुरालाई आधारविहीन भन्दै अस्वीकार गर्दै आएका छन्। जसमा उनलाई नारायणकाजीको अश्लील भिडिओ आफूसँग रहेको र सो भिडिओमार्फत बार्गेनिङ गर्न सकिने वार्तालाप एवं संवाद भएको कुरा समावेश थियो। यस्तै उक्त नारायणकाजीको भिडिओ नेपालका एक पुराना पत्रकारलाई दिएर उनीमार्फत पनि बार्गेनिङ गर्न लगाउने उनीहरूको योजनामा समेटिएको थियो।
सोही भिडिओलाई देखाएर नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका नारायणकाजीबाट ५० लाख रकम हत्याउने र पछिसमेत निरन्तर अन्य कामका लागि बार्गेनिङ गर्न सकिने उनीहरुको सेटिङ थियो। पछिल्लोसमय शोभाको नाम हनी ट्रयापिङमा पनि जोडिदै आएको छ।
तर शोभाले भने आफू समाजसेवी भएको भन्दै ती आरोपहरु निराधार रहेको भन्दै सामाजिक सञ्जालमार्फत जानकारी गराउदै आएकी छन्। यद्यपि उनै ३१ वर्षीया शोभाले चौथोपटकसम्म बिहे गरेकोदेखि अनेक षडयन्त्र गरेर विभिन्न उच्च ओहदाका व्यक्तिलाई हनीट्रयापमा पारेकोबारे विविध कुराहरु यस अगाडि नै खुलिसकेका छन्।
शोभाले विगतदेखि नै विभिन्न व्यवसायी, राजनीतिक दलका नेता तथा सुरक्षाकर्मीसहित विशिष्ट व्यक्तिहरुसँगको सम्बन्ध जोडेर फाइदा उठाउने गरेको आरोप लाग्दै आएको थियो। केही समय अगाडि एमाले नेता महेश बस्नेतविरुद्ध पनि शोभाले मुद्दा दर्ता गराएकोमा आधारविहीन र झुट्टो मुद्दा भन्दै काठमाडौंको सरकारी वकिलको कार्यालयले मुद्दा तामेलीमा राखेको थियो। सम्बन्ध बिग्रेपछि शोभाले आफूलाई फसाउन फर्जी मुद्दा बनाएको बस्नेतको आरोप थियो।
र, यो पनिः नारायणकाजीलाई सिध्याउन सोभा र दिपकको यस्तो ‘ट्र्याप’ तयारी, ५० लाखको बार्गेनिङ ?