धनगढी : अछामको कमलबजार नगरपालिका–३ मा पर्ने बेलखेतमा नेपाली सेनाले मलामीका लागि पक्की मलामी विश्राम घर निर्माण गरेको छ।
नेपाली सेनाको अछामस्थित गोरख बक्स गणले अछाम र दैलेखको सिमानामा रहेको बेलखेतमा निर्माण गरेको मलामी विश्राम घर एक समारोहबीच नगरपालिकालाई हस्तान्तरण गरेको छ।
नेपाली सेनाको शीघ्र प्रभाव आयोजनाअन्तर्गत आवश्यकताको पहिचान गरि मलामी विश्राम घर निर्माण गरिएको गोरख बक्स गणका गणपति जनक सिलवालले जानकारी दिए।
मलामी विश्राम घरसँगै पक्की पर्खाल, आधुनिक शौचालय र पिपल चौतारी निर्माणमा नेपाली सेनाको ७ लाख ५० हजार रुपैयाँ र नगरपालिकाले निर्माण सामाग्री सहयोग गरेका छन्।
उक्त आयोजनाबाट ६ वडा र पञ्चदेवल विनायकका ४ वडाका नागरिक लाभान्वित हुने कमलबजारका नगर प्रमुख यज्ञप्रसाद ढकालले बताए।
Facebook Comments Box