काठमाडौं – त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा शंकास्पद वस्तु रहेको आशंकामा विमानस्थलमा हंगामा भएको थियो ।
विदेशबाट अज्ञात व्यक्तिले फोन गरेर विमानस्थलको आन्तरिक टर्मिनलमा शंकास्पद वस्तु रहेको बताएपछि आन्तरिक उडान बन्द गरेर सबै यात्रुहरुलाई विमानस्थलको मुख्य गेटबाट बाहिर निकालेर नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीसहितको टोलीले सर्च अपरेसन गरेको थियो ।
विमानस्थलमा त्यस्तो शंकास्पद वस्तु फेला नपरेको महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्तबहादुर कुँवरले बताएका छन् । फोन आएसँगै सेनाको बम डिस्पोजल टोलीसहितले सर्च गर्दा त्यस्तो शंकास्पद वस्तु केही नभेटिएको पुष्टि भएको हो ।
‘केही छैन । तै पनि अपरेसन हुँदै छ । भित्र केही देखिएन । कसले र कसरी फोन गरेर बम छ भन्यो रु अनुसन्धान भइरहेको छ’ एसएसपी कुँवरले भने ।
बिहान १० बजेतिर विमानस्थलको एउटा ल्यान्डलाइन फोनमा फोन गरेर नचिनेका मानिसले आफू मुस्लिम समुदायको मान्छे भन्दै विमानस्थल परिसरमा बम राखेको र डिस्पोज गर्न चुनौती दिएको प्रहरीले जनाएको छ ।