काठमाडौं – त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा शंकास्पद वस्तु रहेको आशंकामा विमानस्थलमा हंगामा भएको थियो ।
विदेशबाट अज्ञात व्यक्तिले फोन गरेर विमानस्थलको आन्तरिक टर्मिनलमा बम रहेको बताएपछि आन्तरिक उडान बन्द गरेर सबै यात्रुहरुलाई विमानस्थलको मुख्य गेटबाट बाहिर निकालेर नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीसहितको टोलीले सर्च अपरेसन गरेको थियो । करिब दुई हजार यात्रुलाई बाहिर निकालिएको थियो । विमानस्थल अस्तव्यस्त बनेको थियो ।
वस्तु फेला नपरेपछि करिब डेढ घण्टापछि विमानस्थल सञ्चालनमा आएको छ ।
Facebook Comments Box