काठमाडौं – सशस्त्र प्रहरी बल नेपालको प्रहरी नायब निरीक्षक नारायण दत्त पौडेललाई अतिरिक्त महानिरीक्षकमा बढुवाका लागि सिफारिस गरिएको छ ।
गृह मन्त्रालयमा बुधबार बसेको बढुवा समितिको बैठकले पौडेललाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा सिफारिस गरेको हो । सशस्त्रमा रिक्त दुई एआईजी पदमा एक जनाको मात्र बढुवा सिफारिस भएको हो ।
बढुवाका लागि चार जना डिआईजीले आवेदन दिएकोमा वरियतामा अघि रहेका डीआईजी पौडेल एआईजीमा बढुवा सिफारीस गरिएको सूचना बलको मुख्यालयले सार्वजनिक गरेको छ ।
तत्कालिन सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसी र अर्का एआईजी रामशरण पौडेलले आइतबार अवकास पाएका थिए । केसीको ठाउंमा एआईजीमा बढुवा भएका राजु अर्याललाई सरकारले सशस्त्र प्रहरी महानिरीक्षक नियुक्त गरेको थियो ।
अर्याल र पौडेलको रिक्त एआईजी पदमा त्यसै दिन बढुवाका लागि सूचना प्रकाशित गरिएको थियो ।
अर्याल चार वर्ष आईजीपी भएर पदावधिका अवकाशमा गएपछि पौडेल अझै सेवा अविधका कारण संगठनमा रहनेछन् । उनले त्यसपछि पनि थप दुई वर्ष सशस्त्र प्रहरीको नेतृत्व गर्ने अवसर पाउन सक्नेछन् ।