काठमाडौं : राष्ट्रिय गौरवको काठमाडौँ-तराई र मधेस द्रुतमार्ग सडक आयोजना अन्तर्गत धेद्रे सुरुङमार्गको जोडी सुरुङ छिचोलिएको छ ।
नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन यस आयोजनाको प्याकेज नं. २ मा रहेको मकवानपुरको बकैया गाउँपालिकामा निर्माणाधीन धेद्रे सुरुङमार्गको जोडी सुरुङमध्ये १,६५३ मिटर लम्बाइ रहेको निजगढबाट काठमाडौँतर्फ आउने सुरुङमार्ग आज छिचोलिएको नेपाली सेनाले जानकारी दिएको छ ।
यस्तै जेठ ४ गते लेनडाँडा सुरुङमार्गको जोडी सुरुङ मध्ये काठमाडौँबाट निजगढतर्फ जाने १,६३३ मिटर लम्बाइको सुरुङमार्ग पनि छिचोलिएको थियो ।
Facebook Comments Box