धनगढी : नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका कर्मचारीले दुई महिनादेखि तलब नपाएको देखिएको छ। अर्थ मन्त्रालयले समयमै बजेट निकासा नगरेपछि ताब रोकिएको बताइएको छ।उनीहरूले बैशाख र जेठ महिनाको तलब नपाएको बताइन्छ।
जोखिमपूर्ण पेशामा आवद्ध प्रहरीलाई नियमित तलब नआउँदा दैनिकीमै समस्या आएको बुझिएको छ।
देशभर प्रहरी प्रधान कार्यालय, विभिन्न तालिम केन्द्र र प्रहरी कार्यालयका गरी प्रहरीले तलब पाउन नसकेका हुन्।
तर नेपाल प्रहरीका प्रवक्ता डीआईजी दानबहादुर कार्कीले तलब नियमित पाइरहेको दाबी गरेका छन्।
नेपाल प्रहरीमा झण्डै ८० हजारको दरबन्दी छ। प्रहरीमा सबैभन्दा थोरै रिक्रुटले २१ हजार ४८० रुपैयाँ तलब पाउँछन् भने आईजिपीले ७२ हजार ८२ रुपैयाँ प्राप्त गर्छन्।
Facebook Comments Box