धनगढी: कैलाली कारागारका डेढ सय कैदीलाई स्थानान्तरण गरिएको छ। कैलाली कारागारमा एक सय ५० जना कैदीबन्दी अटाउने क्षमता भएकोमा सात १५ जनालाई राखिएको थियो।
उनीहरुलाई त्यहाँ व्यवस्थापन गर्न समस्या भएपछि एक सय ५० जना कैदीलाई बाँकेको नौवस्ता कारागारमा स्थानान्तरण गरिएको कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर बिष्टले जानकारी दिए।
उनकाअनुसार बिहीबार र शुक्रबार ७५÷७५ जनाका दरले उनीहरुलाई नौवस्ता कारागारमा पुगाइएको हो।
कैलाली कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी राख्नुपर्ने बाध्यताका कारण व्यवस्थापनमा चुनौती व्यर्होनुपरेको छ।
Facebook Comments Box