काठमाडौं: नेपाल प्रहरीका एक बदनामित एसएसपीमाथि हेडक्वार्टरले छानबिन गर्ने भएको छ। नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले एसएसपी दीपक रेग्मीमाथि छानबिन गर्ने भएको हो।
उनीमाथि आचरणसम्बन्धि विषयमा छानविन थालिएको स्रोतले जनाएको छ। रेग्मी नेपाल प्रहरी प्रदेश कार्यालय, पोखरामा कार्यरत छन्।
रेग्मीविरुद्ध एक व्यक्तिले आफ्नो श्रीमतीसँग नजिकिएको भन्दै उजुरी दिएको प्रहरी स्रोतले जनाएको छ।
उनीविरुद्ध प्रमाणहरुसहित नै उजुरी परेको छ। जसकारण एसएसपी रेग्मीमाथि कारबाही हुने उच्च अधिकारीहरुको भनाई छ। यस विषयमा महेन्द्रनगरपोष्टले हिजोमात्र समाचार प्रकाशन गरेको थियो।
रेग्मीको अर्काकी श्रीमतीसँगको अंतरङ्ग भिडिओ भाइरल भएको थियो। रेग्मीले बागलुङमा हुँदा महिलासँग नाजायज सम्बन्ध राखेकोमा उनी पोखरा पुगेपछि सो कुरा छताछुल्ल भएको थियो।
महेन्द्रनगरपोष्टलाई प्राप्त भिडिओमा उनले नाजायज सम्बन्ध रहेकी गर्लफ्रेन्डसँग अश्लील बातचित गरेको देखिन्छ। स्रोतका अनुसार भिडिओ सो कुराकानी रेग्मी बागलुङबाट सरुवा भएर पोखरा हिँड्ने अघिल्लो दिन राति भएको थियो।
उसो त नेपाल प्रहरीका बरिष्ठ अधिकृतहरु पटक–पटक महिलासम्बन्धि काण्डमा पर्दै आएका छन्। यसभन्दा पहिला एसएसपी योगबहादुर पालले हवल्दारलाई यौन प्रस्ताव गर्दा महेन्द्रनगरपोष्टले समाचार प्रकाशन गरेपछि राजीनामा दिन बाध्य भएका थिए। त्यस्तै काण्डमामहेन्द्रनगरपोष्टकै समाचारले एसपी दयानिधि ज्ञवालिले पनि कारबाही भोगेका थिए। त्यस्तै महिलाकाण्डमै डिएसपी भिमलाल भट्टराईले समेत विभागीय कारबाही भोगेका थिए।
र, यो पनि: एसएसपी रेग्मीले बागलुङमा लगाएको पिरती पोखरा पुगेपछि छताछुल्ल [भिडिओ]