बझाङ– बझाङ जिल्लामा ९ दिनदेखि टेलिफोन सेवा अवरुद्ध भएको छ । टेलिकम सेवा अवरुद्ध हुँदा निर्वाचनसँग सम्बन्धित सूचना आदानप्रदानमा समस्या भएको छ ।
श्रीभावरमा हावाहुरीका कारण टावरको रेडियो लिङ्कमा समस्या भएपछि टेलिफोन सेवा अवरुद्ध भएको नेपाल टेलिकम बझाङका कार्यालय प्राविधिक कैलाश यादवले बताए । चुनावको मुखमा आपसी सञ्चार र समन्वय गर्न पनि कठिन भएको स्थानीय नेता, कार्यकर्ताको भनाइ छ ।
Facebook Comments Box