धनगढी: धनगढीको निसर्ग अस्पतालमा युवतीको मृत्यु प्रकरणमा डाक्टर ओमप्रकाश भट्टलाई कारबाही गर्ने सहमति भएको छ।
डाक्टर भट्टलाई निर्सग अस्पतालबाट बर्खास्त गर्ने, मेडिकल काउन्सिलमा कारबाही सिफारिसको लागि पत्र पठाउने र डाक्टरविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिने सहमति भएको छ।
भट्टले गलत औषधी प्रयोग गर्दा धनगढी उपमहानगरपालिका १ की २२ वर्षीया लक्ष्मी जोशीको हिजोराति मृत्यु भएको थियो।
डाक्टरको लापरबाहीले गर्दा नै बिरामीको मृत्यु भएको भन्दै आफन्तले आज दिनभर अस्पतालमा आन्दोलन गरेका थिए।
मृतकका अंकल हेमराज जोशीले उपचारमा संलग्न डाक्टरलाई कारबाही गर्ने सहमति भएको बताए।
सामान्य पेट दुखेर राति १२ बजे अस्पताल भर्ना भएकी उनको तीन घण्टाको फरकमा उपचारको क्रममा मृत्यु भएको थियो।
जोशी हेल्थ असिस्टेन्ट पढ्दै गरेकी थिइन् र उनी धनगढीकै नवजीवन अस्पतालमा ‘वजेटी’ गरिरहेकी थिइन्।
र यो पनि !
निसर्ग अस्पतालको चरम लापरबाहीले लक्ष्मीको ज्यान गयो
धनगढीको निसर्गकाण्ड : डाक्टर भट्टले दिएका थिए गडबड औषधि