धनगढी : धनगढीमा सञ्चालित निसर्ग अस्पतालको नवीकरण रोकिएको पाइएको छ। सरकारले निर्धारण गरेको मापदण्ड पूरा नगरेपछि निसर्गको नवीकरण रोकिएको हो।
स्वास्थ्य संस्था मापदण्ड २०७७ बमोजिम ५० शैय्या भन्दा बढीमा अस्पतालहरुमा शव गृहको व्यवस्था, शव वाहनको व्यवस्था, फोहोरमैला व्यवस्थापन, रक्त सञ्चार सेवाको व्यवस्थापन हुनुपर्ने उल्लेख छ। तर, निसर्गमा उक्त सेवा उपलब्ध छैनन्।
यस्तै अस्पतालको जग्गा, भवन र फोहोर व्यवस्थापनमा मुख्य समस्या छन्। जनशक्ति र उपकरण व्यवस्थित छैनन्। अस्पतालमा ज्येष्ठ नागरिक, बालबालिका तथा अपांगमैत्री हुनुपर्ने, अनिवार्य रूपमा ब्लड बैंक, शवगृह र सुरक्षा व्यवस्था हुनैपर्ने भए पनि अस्पतालले यी नियम मानेको छैन्।
तत्कालीन सुदूरपश्चिमका सामाजिक विकासमन्त्री गोविन्द बोहराले पहुँचकै आधारमा सो अस्पताललाई एक सय शैय्याको अनुमति दिएको बताइएको थियो। उक्त समयमा निसर्गका सञ्चालकहरु नै मन्त्री बोहराका हर्ताकर्ता थिए।
मन्त्री बोहरासँगको सेटिङमा सय सैय्याको अनुमति लिएको निर्सगले अहिलेसम्म पनि मापदण्ड गर्न सकेको छैन। अस्पतालले मापदण्ड पुरा नगरेकै कारण सिटिईभिटीले निर्सगलाई नर्सिङ सञ्चालनको अनुमति समेत दिएको छैन।
यतिमात्र होइन, निर्सग बेलाबेला विवादमा आइरहने अस्पताल हो। हालै दुई दिन अगाडीमात्रै धनगढीकी एक किशोरीको अस्पतालमा मृत्यु भएपछि उपचारमा संलग्न डाक्टरलाई कारबाही गरिएको छ।
यस बिषयमा सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक खगेन्द्र बमले अहिलेसम्म नवीकरण नभएको जानकारी दिए। निसर्गले नवीकरणको लागि आवेदन दिएको र मापदण्ड अनुसारमा डकुमेन्टहरु माग गरिएको उनले बताए। मापदण्ड पुगेपछि अस्पतालको नवीकरण हुने बमको भनाई छ।
र यो पनि !
धनगढीको निसर्गकाण्ड: डाक्टर भट्टको जागिर चैट, प्रहरीमा जाहेरी
निसर्ग अस्पतालको चरम लापरबाहीले लक्ष्मीको ज्यान गयो
धनगढीको निसर्गकाण्ड : डाक्टर भट्टले दिएका थिए गडबड औषधि