काठमाडौं : भारतको उत्तराखण्ड प्रान्तको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध खोलिँदैछ ।
लिफ्ट सफाइको लागि अहिले बिहान ६ बजेदेखि भोलिसम्म बाँध खोल्न लागिएको हो । भारतीय पक्षले गराएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।
बाँध खोलेका बेला र खोलिएको केही घण्टापछिसम्म महाकाली नदीको जलस्तर बढ्ने भएकाले सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय दार्चुलाले आग्रह गरेको छ ।
लगातारको वर्षा र बाँध खोलिएपछि महाकाली नदीमा जलस्तर बढ्ने खतरा भएकाले सावधानी अपनाउन भनिएको हो ।
दार्चुलादेखि बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकालीमा पानीको बहाव र सतह बढ्न सक्ने भएका कारण नदी छेउछाउमा नजान र सतर्कता अपनाउन स्थानीय प्रशासनले अनुरोध गरेको हो ।
Facebook Comments Box