धनगढी : बैतडीको पाटन नगरपालिका–३ निवासी २१ वर्षीय जनक प्रशाद अवस्थीको जापानमा निधन भएको छ।
जनक तीन महिना अघि अध्ययनको सिलसिलामा जापान गएका थिए। उनी जापानको नायोगामा बसोबास गर्दै थिए। जनकको निधन मंगलबार समुद्रमा नुहाउने क्रममा भएको जनाइएको छ।
उनका आफन्तले जानकारी दिए अनुसार जनक मंगलबार साथीहरूसँग समुद्र किनारमा नुहाउन गएका थिए, जहाँ उनी डुबेर मृत्यु भएको बताइएको छ। घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ।
जनकको परिवार उनका अध्ययन र रोजगारीको अवसरका लागि लाखौँ ऋण निकालेर जापान पठाएको थियो। उनका निधनको खबरले परिवार शोकमा डुबेको छ।
Facebook Comments Box