धनगढी: नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु कैलालीले जिल्लाका उत्कृष्ट विद्यार्थी र राष्ट्रिय खेलाडीलाई सम्मान गरेको छ। शनिबार पूर्वमन्त्री एवं एमाले पार्टी केन्द्रिय सचिव लेखराज भट्टको आथित्यतामा एक कार्यक्रमका बिच उनीहरूलाई सम्मान गरिएको हो।
अनेरास्ववियु कैलालीका अध्यक्ष कुबेर खड्काका अनुसार नेपाललाई विभिन्न खेलमा पदक जिताउने ३ जना राष्ट्रिय खेलाडी र एसईइ परिक्षामा ४ जिपीए ल्याउने ४ जनालाई सम्मान गरिएको हो।
यसरी सम्मानित हुनेमा उत्कृष्ट विद्यार्थी हेमन्त साउद, नितिका अवस्थी, निर्मल ठगुन्ना र विकास रावत रहेका छन् भने खेलाडीहरुमा करातेका मनिसा बोहरा, जनक धामी र उशुकी च्याम्पियन गौरी मगर रहेकी छन्।
उनीहरूले अन्तर्राष्ट्रिय खेलमा नेपाललाई पदक दिलाएका थिए। उनीहरू सबै कैलालीकै हुन्।
Facebook Comments Box