धनगढी: कैलालीको अत्तरियामा बेहोस अवस्थामा भेटिएका युवकको मृत्यु भएको छ।
गोदावरी नगरपालिका वडा नम्बर २ को पहाड रोडमा बेहोस अवस्थामा भेटिएका बैतडीको सुर्नाया गाउँपालिका–४ घर भएका अन्दाजी २५ वर्षीय राजेश साउँदको मृत्यु भएको प्रहरीले जनाएको छ।
शनिवार साढे ११ बजे बेहोस भेटिएका साउँदको उपचारको क्रममा करीब १२ बजेतिर पद्मा अस्पतालमा मृत्यु भएको हो। घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
यस्तै बैतडीमा एक युवती मृत अवस्थामा फेला परेकी छन्।
पाटन नगरपालिका–१० मटेकी १९ वर्षीया बिमला पाण्डेय मृत फेला परेकी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए।
उनी घर नजिकैको जंगलमा शुक्रवार दिउँसो २ बजेतिर मृत भेटिएकी हुन्।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Facebook Comments Box