कञ्चनपुर– आसन्न स्थानीय तहको निर्वाचनका लागि कञ्चनपुरका ९ वटै पालिकामा निर्वाचन सामग्री पठाउने तयारी गरिएको छ । मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले यहाँका ९ वटै पालिकाका लागि मतपत्र रुजु गरेर तयारी अवस्थामा राखिएको बताए ।
उनले मतपत्र र मतपेटिका सम्बन्धित पालिकाका लागि छुट्याएर राखिएको बताए । ‘‘३ लाख १ हजार १ सय ५० मतपत्र रुजु गरी मिलाएर राखेका छौँ’ मुख्य निर्वाचन अधिकृत धामीले भने ‘अहिलेसम्म निर्वाचनको काम द्रुतगतिमा अघि बढेको छ ।’
निर्वाचनका लागि कञ्चनपुरमा ३४१ मतदान केन्द्र तोकिएको छ । यहाँ कूल मतदाताको सङ्ख्या दुई लाख ९५ हजार ३५४ छ । निर्वाचन सम्पन्न गर्न यहाँको भीमदत्त नगरपालिकामा मुख्य निर्वाचन अधिकृत र बाँकी आठ वटै पालिकामा निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनको तयारी गरिरहेका छन् ।
Facebook Comments Box