काठमाडौं: विश्व बर्मा र बिना बर्माले नेपाली भूमि छाडेको ३३ वर्ष पुग्यो। तर, नेपाल र नेपाली प्रतिको मोह भने झनझन बढ्दो छ।
काठमाडौको चाबाहिलका विश्व र सिफलका बिना कार्कीविच स्न १९८९ मा प्रेम विवाह भयो। आर्मी परिवारमा हुर्किएकी बिनालाई प्रेम विवाह गर्नु त्यति सहज भने थिएन।
तर, उनको प्रेमको अघि आर्मी परिवार भित्र हुने कडिकडाउ अनुशासनले हार खायो। विश्वसँगको प्रेमलाई उनले विवाहबन्धनमा परिणत गरिछाडे।
विहेको दोस्रो वर्षमा बिनाको कोखबाट छोरीको जन्मभयो। छोरीको जन्मपछि भने बर्मा दम्पत्ती उच्च शिक्षा हासिल गर्न अमेरिका उडे।
बर्मा दम्पत्ती छोरीसहित सन् १९९१ मा अमेरिका उडेका हुन्। त्यसयता उनीहरु नेपाल फर्किएका छैनन्। बरु उच्च शिक्षा अमेरिका हासिल गरेका उनीहरु त्यहाँबाट क्यानाडा हानिए।
६ वर्ष अमेरिका बसेका विश्व र बिना स्न १९९७ मा क्यानाडा पुगेका हुन्। अहिले क्यानाडा उनीहरु स्थायी बासी भइसकेका छन्।
तर नेपाल र नेपाली प्रतिको उनको मायामा भने कुनै कमी छैन्। बरु बर्मा दम्पत्तीले विदेशी भूमिमा बसेर नेपाल र नेपालीको पहिचान विश्वसामु परिचित गर्ने अभियान नै थालेका छन्।
त्यो बाहेक क्यानाडा पुगेर समस्यामा परेका नेपालीको सेवा÷उद्धारमा समेत बर्मा दम्पत्ती सक्रिय छन्। उनीहरुको क्यानाडाको टोरन्टोमा काठमाडौं नामको रेष्टुरेन्ट समेत सञ्चानलमा छ।
टोरन्टोमा खोलिएको नेपालीको त्यो पहिलो रेष्टुरेन्ट हो। बर्मा दम्पत्तीले कयौँ नेपालीलाई क्यानाडामै रोजगारी समेत दिएका छन्।
२४ वर्षअघि स्थापना गरिएको एनसीसीएस
क्यानाडामा व्यावसाय शुरु गरेर बस्न थालेका बर्मा दम्पत्तीलाई व्यावसायको साथसाथै क्यानाडा पुग्ने नेपालीको सेवाका लागि एउटा सस्था खोल्ने योजना बुने।
गैरनाफा मूलक सस्था सञ्चान गर्ने उदेश्यले उनीहरुले सन् २००० मा ‘नेपाली क्यानेडियन कमिटी सर्भिस’ एनसीसीएस नामको सस्था सञ्चालनमा ल्याए। त्यसको अध्यक्ष बने विश्व बर्मा।
सस्थाको उदेश्य क्यानाडा पुगेका नेपालीलाई सहयोग गर्ने बाहेक नेपाललाई अन्तराष्ट्रिय रुपमा चिनाउन नेपालको धार्मिक, सास्कृत कलालाई हरेक वर्ष क्यानाडामै प्रर्दशन गर्ने थियो।
सोही अठोटले सुरु गरेको सस्थाले पहिलो पटक सन् २००५ मा ‘हिमालय मेला’ आयोजना ग¥यो।
क्यानाडाको टोरन्टोमै आयोजना गरिएको हिमालय मेलामा नेपालको पहिचान झल्किने सांस्कृत तथा पर्व मनाइएको थियो।
२००५ देखि निरन्तर क्यानाडामै मनाईदै आइएको हिमालय मेलाको १६ औं सस्करण यही सनिबार २६ साउन अर्थात अगस्त १० मा मनाइने भएको छ।
१६ औं हिमालय मेलाका लागि नेपालबाट चर्चित गायीका अन्जु पन्तदेखि तिलक मल्लसमेत सहभागी हुन क्यानाडा जाँदैछन्।
मेलामा नेपालको महिचान झल्किने सास्कृतिक झाँकीदेखि विभिन्न तस्बीरहरु प्रर्दशनमा राखिने छन्।
हिमालय मेलाले नेपालको पर्यटन प्रर्वद्धनको साथै कला सस्कृतीलाई अन्तराष्ट्रिय बजारमा प्रचार गर्न ठूलो भूमिका खेल्ने अध्यक्ष विश्व बर्माले बताए।
१६औं हिमालय मेलामा क्यानाडामा बसोबास गर्ने नेपाली समूदाय तथा विभिन्न क्षेत्रबाट हजारौं नेपालीको उपस्थिति रहने बर्माको भनाइ छ।