काठमाडौं: घुससहित समातिएका एक जना प्रहरी सईविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। प्रहरी चौकी दुगौलिया, रुपन्देहीमा कार्यरत प्रहरी नायव निरीक्षक खिमबहादुर खड्काउपर मुद्दा दर्ता भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।
आयोगको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले गत चैत १४ गते उनलाई ३० हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको थियो। खड्काले भारतबाट सामान ल्याउन सहजीकरण गरिदिने आश्वासनमा सेवाग्राहीसँग सो रकम बुझेका थिए।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ बमोजिम ३० हजार रुपैयाँ बिगो कायम गरी कैद र जरिवानाको मागदाबीसहित आज उनीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको छ।
Facebook Comments Box