काठमाडौं : ललिता निवासको जग्गा कीर्ते गरेको आरोप लागेका पूर्वमन्त्री चन्द्रदेव जोशी रिहा भएका छन् ।
जिल्ला अदालत काठमाडौंले उनलाई तीन लाख ३० हजार रुपैयाँ धरौटीमा रिहा गरेको हो । न्यायाधीश श्यामविहारी मौर्यको इजलासले पूर्वभूमिसुधारमन्त्री जोशीसँग ३ लाख ३० हजार रुपैंया धरौटी मागेको हो ।
जोशीमाथि २०६९ सालमा पशुपति टिकिन्छा गुठीको जग्गा व्यक्तिको नाममा दर्ता गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लगेको आरोप थियो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले १० भदौं २०८० मा जोशी लगायत ३१२ जनाविरुद्ध सरकारी कागजात कीर्ते गरेको अभियोगमा मुद्दा दायर गरेको थियो ।
Facebook Comments Box