डोटी– आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै डोटीमा मंगलबारदेखि मदिरा निषेध गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय डोटीमा आइतबार बसेको बैठकले मदिरा सेवन तथा बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको थियो । उक्त निर्वाचनको परिणाम घोषणा नभएसम्म सक्रिय रहनेछ ।
वैशाख २७ गतेदेखि निर्वाचन परिणाम घोषणा नभएसम्मका लागि जिल्लामा मदिराजन्य पदार्थको बिक्री वितरण, ओसारपसार र सेवनमा निषेध गरिएको प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले बताए ।
स्थानीय तह निर्वाचन २०७९ स्वच्छ, निष्पक्ष, स्वतन्त्र, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्ने कार्यमा मदिराजन्य पदार्थको बिक्री बितरण र सेवनबाट पर्न सक्ने असरलाई मध्यनजर गरि उक्त आदेश जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।
Facebook Comments Box