धनगढी: नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजीपी) बसन्त बहादुर कुँवर कञ्चनपुरको महेन्द्रनगरस्थित गड्डाचौकी नाका हुँदै भारत छिरेका छन्। गृहमन्त्री रमेश लेखकसँग उनको गृहजिल्ला आएका आईजी भारतको उत्तराखण्ड छिरेका हुन्।
आईजी पत्नीसहित पूर्णागिरी दर्शनका लागि त्यतातर्फ गएको स्रोतले जनाएको छ। स्रोतका अनुसार उनी आज (मंगलबार) दिउँसो बनबासा हुँदै उत्तराखण्ड पसेका हुन्।
उनको आजै फिर्ता हुने कार्यक्रम रहेपनी यो समाचार तयार पार्दासम्म फर्केका छैनन्। आईजी गएको पूर्णागिरी मन्दिर भारतको उत्तराखण्ड प्रान्तको टनकपुर सहरको अन्नपूर्ण चुचुरोमा ५५०० फिटको उचाइमा अवस्थित छ। यो ठाउँलाई महाकालीको पछाडिको क्षेत्र मानिन्छ।
आइजी सोही मन्दिर दर्शन गर्न गएका हुन्। उनी महेन्द्रनगर र धनगढीमा बनेका प्रहरीका भवन तथा संरचना उद्घाटनका लागि गृहमन्त्रीसँगै आएका थिए।
Facebook Comments Box