धनगढी: सुदूरपश्चिम प्रदेशसभाको बैठक चार महिनापछि बोलाइएको छ। माघ ६ गतेका लागि प्रदेशसभाको बैठक बोलाइएको हो। प्रदेशसभा सचिवालयका सचिव देवबहादुर बोगटीका अनुसार माघ ६ गते बिहान ११ बजेका लागि बैठक बोलाइएको छ।
गत असोज ५ गते प्रदेश सरकारको चालू आर्थिक वर्ष २०८१/०८२ को बजेट पारित भएपछि प्रदेशसभाको बैठक बस्न सकेको थिएन।
यस्तै बिहीबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा केही विधेयक र विषयगत समितिका सदस्यहरूको जिम्मेवारी हेरफेरबारे छलफल भएको छ।
Facebook Comments Box