धनगढी: सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक गणेश चन्दले कैलालीको फूलबारीस्थित आसरा सुधार केन्द्रको निरीक्षण गरेका छन्। निरीक्षणका क्रममा उनले सुधार केन्द्रको भौतिक संरचना, मेस, उपचाररत सदस्यहरुको आवास तथा सरसफाइको अवस्थाका साथै केन्द्रबाट दैनिक रुपमा सञ्चालन हुँदै आएको गतिविधिहरुको बारेमा जानकारी लिएका थिए।
त्यस्तै उनले त्यहाँ उपचाररत व्यक्तिहरुसँग अन्तक्र्रिया समेत गरे। उक्त सुधार केन्द्रका संरक्षक प्रदेश प्रहरी प्रमुख रहने व्यवस्था छ। मनैबाट प्रयास गरे दुर्व्यसनबाट मुक्त हुन सकिने प्रहरी नायब महानिरीक्षक चन्दले बताए।
दुव्र्यसनमा फसेका युवाहरुलाई उपचार तथा परामर्श प्रदान गरी समाजमा प्रतिष्ठित नागरिकको रुपमा पुनस्र्थापना गर्ने सुधार केन्द्रको लक्ष्यलाई अझ प्रभावकारी र उपलब्धिमूलक बनाउन आ–आफ्नो क्षेत्रबाट पहल गर्न उनले त्यहाँ कार्यरत प्रहरी कर्मचारी तथा सञ्चालक समितिका पदाधिकारीलाई सुझाव दिएका थिए।