काठमाडौं: नेपाल प्रहरीका १७ जना एसपीको काज तथा सरुवा गरिएको छ। आज (शुक्रबार) गृह मन्त्रालयको निर्णयअनुसार प्रहरी प्रधान कार्यालयले १७ जना प्रहरी उपरीक्षक (एसपी)हरूको काज एवं सरुवा गरेको हो।
सो सरुवामा केही प्रमुख जिल्लाका प्रहरी प्रमुख फेरिएका छन्। जसमा चितवनका एसपी गौतम मिश्रलाई पर्सा सरुवा गरिएको छ भने चितवनमा राजन लिम्बु आएका छन्।
त्यसैगरी, अन्य जिल्लामा पनि एसपीहरूको काज सरुवा गरिएको छ। बारामा सन्तोष तामाङ, इलाममा एकनारायण कोइराला, नुवाकोटमा दुर्गाराज रेग्मी, र सिन्धुपाल्चोकमा रामेश्वर कार्की सरुवा भएका छन्।
उता पर्साबाट एसपी कुमोध ढुङ्गेल हेडक्वार्टर नक्साल पुगेका छन् भने विवादित एसपी कमल थापा नेपाल प्रहरी पहरा गण सामाखुसी काठमाडौं पठाइएका छन्। उनी चर्चित भैसेपाटीको हनि ट्रयापिङ प्रकरणमा जोडिएर विवादमा तानिएका थिए। त्यसपछि उनीमाथि अनुसन्धान जारी छ।
हेर्नुस् सूची


