काठमाडौँ: नेपाल प्रहरीका नयाँ २५ एसएसपीहरुको पदस्थापन गरिएको छ। गृह मन्त्रालयले हालै बढुवा भएका नेपाल प्रहरीका २५ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरूको पदस्थापन गरेको हो।
जस अनुसार रमेश थापालाई बागमती प्रदेश प्रहरी कार्यालयमा पदस्थापन गरेर आईजीपीको सचिवालयमा काज सरुवा गरिएको छ।
त्यस्तै साइबर ब्युरोमा अजय केसी, अनुपमशम्शेर जबरालाई मानव श्रोत विकाश विभाग, वीरबहादुर बुढानगरको सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयमा, नवराज अधिकारीलाई उपत्यका प्रहरी कार्यालयमा र कृष्ण कोइरालालाई प्रधान कार्यालयस्थित सुपरिवेक्षण तथा अनुगमन महाशाखामा पदस्थापन गरिएको छ।
यस्तै होविन्द्र बोगटीलाई सीआईबी, विनोद सिलवाललाई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय र रन्जु सिग्देललाई महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयमा पदस्थापन गरिएको छ।
गण्डकी प्रदेशमा सन्तोष खड्कालाई पदस्थापन गरेर विशेष ब्युरोमा काज सरुवा गरिएको छ।




