धनगढी: धनगढी लेडी जेसिजको ११औँ पद हस्तान्तरण तथा पुरस्कार वितरण समारोह शुक्रबार धनगढीमा रूपमा सम्पन्न भएको छ। समारोहमा वर्ष २०२४ की अध्यक्ष सुशिला निरौलाले वर्ष २०२५ की अध्यक्ष निता चौधरीलाई पद हस्तान्तरण गर्दै शपथ ग्रहण गराइन्। अध्यक्ष चौधरीले कार्यसमितीका नयाँ सदस्यहरूलाई शपथ ग्रहण गराउँदै आफ्नो कार्यकालको सुरुवात गरिन्।
वर्ष २०२५ को लागि गठन गरिएको नयाँ कार्यसमितीमा कार्यकारी उपाध्यक्षहरू अस्मी धामी र मिना जोशी, उपाध्यक्षहरूमा बेबी कैशली विश्वकर्मा, रिता चौधरी, ऐलीजा राना मगर, र शान्ति सिंह, महासचिवमा शोभा भट्ट गुरुङ, सचिवमा स्मृति झा, कोषाध्यक्षमा कञ्चन खडायत र सदस्यहरूमा नेहा सोनम, स्मृति जैरू, दिण्य उपाध्याय, आशा भट्ट, ईश्वरी भण्डारी, बिन्दू चौधरी, र मिनु चौधरी रहेका छन्।
समारोहमा सुदूरपश्चिम प्रदेश सरकारकी भौतिक पूर्वाधार विकास राज्यमन्त्री निर्मला देवी साउद प्रमुख अतिथिका रूपमा उपस्थित थिइन्। उनले नयाँ कार्यसमितीलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै नेतृत्वले समाजसेवामा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन्।
यस समारोहले नेतृत्व हस्तान्तरणसँगै लेडी जेसिजको आगामी कार्यसूचीहरूलाई प्रभावकारी रूपमा अघि बढाउने लक्ष्य राखेको छ। अध्यक्ष निता चौधरीले आफ्नो कार्यकालमा महिलाको सशक्तीकरण, शिक्षा, स्वास्थ्य, र सामाजिक सेवामा विशेष ध्यान दिने योजना रहेको बताइन्।