काठमाडौं: नेपाल प्रहरीले नयाँ एसपीहरूको पदस्थापन प्रक्रिया अघि बढाएको छ। हिजोमात्र ३७ जना डीएसपीलाई एसपीमा बढुवा सिफारिस गरेपछि, अब उनीहरूलाई फूली लगाएर पदस्थापन गरिने छ।
हिजो बढुवा सिफारिस हुनेमा पहिलो नम्बरमा कुलदीप चन्द छन्। उनी यस अगाडि कैलालीमा डीएसपी हुँदा बसेका थिए। त्यसपछि क्रमशः सुमीत खड्का, ठाकुरप्रसाद पोखरेल, मनोहरप्रसाद भट्ट र दीपक गिरी छन्।
त्यस्तै नवीनकृष्ण भण्डारी, तिलक भारती, केशवकुमार थेबे, सूर्यबहादुर खड्का, दीपक श्रेष्ठ र प्रेमबहादुर शाही पनि बढुवा सिफारिसमा परेका छन्।
टेकबहादुर कार्की क्षत्री, फणिन्द्र प्रसाई, शरतकुमार थापा क्षत्री, युवराज खड्का, राजन चापागाई, किशोरकुमार श्रेष्ठ र मुकुन्दप्रसाद रिजाल पनि पदोन्नतिको सूचीमा परेका छन्।
पवनकुमार भट्टराई, रवीन्द्रनाथ पौडेल, दानबहादुर थापा, सुदीपराज पाठक, निशान थापा, कवित कटवाल, रामेश्वर पौडेल, रुमेश तण्डुकार, दधिराम न्यौपाने, नवीन कार्की, श्यामकुमार सारुमगर, नरेन्द्र कुँवर, नारायणप्रसाद अधिकारी, भेषराज रिजाल, निर्मल बुढाधोकी, नवराज मल्ल, डिल्लीनारायण पाण्डेय, लालध्वज सुवेदी र रूगमबहादुर कँवरको बढुवा हुने भएको छ।
उनीहरूको बढुवापछि पदस्थापनसँगै कैलाली, कञ्चनपुरलगायतका जिल्लामा रहेका पुराना एसपीहरूको पनि सरुवा हुने भएको छ। प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार उनीहरूको अवधि पनि पुगिसकेको छ। हाल कैलालीमा पदमबहादुर बिष्ट एसपी छन् भने कञ्चनपुरमा चक्रराज जोशी छन्।
अब यो साताभित्र नै उनीहरूको स्थानमा नयाँ कमान्डर पठाइने छन्। हिजोमात्रै पनि केही एसपीहरूको काज तथा सरुवा पनि गरिएको छ।
जसमा पर्सा, चितवन, बारा, इलाम, नुवाकोट, सिन्धुपाल्चोक लगायतका जिल्लामा कमान्डर फेरबदल भएका छन्।
र, यो पनि: १७ एसपीको काज तथा सरुवा, विवादित थापा गण पुग्दा पर्साबाट ढुङ्गेल नक्साल पुगे
प्रहरीका ३७ डीएसपी एसपीमा बढुवा सिफारिस, एक नम्बरमा चन्द