काठमाडौं: कृषि विज्ञका रुपमा परिचित मदन राई यौन दुर्व्यवहारको आरोपमा दोषी ठहरिएका छन्। आफैंले खोलेको ‘शुभद्रा मदन फाउन्डेसन’ मा अध्ययनरत किशोरीहरूलाई यौन दुर्व्यवहार गरेको अभियोगमा जिल्ला अदालत खोटाङले उनलाई दोषी ठहर गरेको हो।
गत बिहिबार न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले राईलाई बाल यौन दुरूपयोगमा दोषी ठहर गरेको अदालतका सूचना अधिकारी सुदीप भट्टराईले जानकारी दिए। उनका अनुसार सजाय निर्धारण गर्न माघ २५ गते अर्को पेशी तोकिएको छ।
देशकै पहिलो कृषि वैज्ञानिक भनिएका राई यौनका विषयमा खुला अभिव्यक्तिका कारण विवादसँगै चर्चामा आउने गरेका छन्। यौन र यौनांगका विषयमा उनले राख्ने फरक धारणालाई लिएर चर्को आलोचना हुने गरेको छ।
एक समय उनी डाक्टर बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा समेत आवद्ध थिए।
Facebook Comments Box