काठमाडौं: सशस्त्र प्रहरीको प्राविधिक सेवातर्फ नायव उपरीक्षक (डिएसपी) दर्जामा बढुवा भएका अधिकारीले दर्ज्यानी चिन्ह लगाएका छन्।
सशस्त्र मुख्यालयमा आयोजित विशेष समारोहमा महानिरीक्षक (आइजीपी) राजु अर्यालले आज दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्। गत माघ १५ गतेको गृह सचिवस्तरीय निर्णयले प्रहरी सेवा, प्राविधिक समूह, स्वास्थ्यतर्फ प्राविधिक पदमा उनीहरु बढुवा भएका थिए।
यस्तै नेपाल प्रहरीका बढुवा भएका ३७ जना प्रहरी उपरीक्षकहरूलाई पनि दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।
आइतबार प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रधान कार्यालयमा आइतबार आयोजित एक समारोहबीच उनीहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।
हालै प्रहरी प्रधान कार्यालयले प्रहरी नायब उपरीक्षकबाट प्रहरी उपरीक्षकमा बढुवा सिफारिस गरेका ३७ जनालाई नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को आइतबार पदोन्नति गरेको थियो।
दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले प्रहरी अधिकृतहरूलाई आवश्यक निर्देशनसमेत दिए।