दिल्ली: दिल्लीको पटपडगंज सिटमा पनि आम आदमी पार्टीका उम्मेदवार अवध ओझा पराजित भएका छन्।
भातरीय सञ्चारमाध्यमका अनुसार यहाँ भाजपाका रवीन्द्र सिंह नेगीले चुनाव जितेका हुन्।
हारपछि अवध ओझाले भने, ‘जनताले मलाई सम्मान दिएका छन् र म दोस्रो स्थानमा छु। मैले पहिलोपटक मेरो राजनीतिक इनिङ सुरु गरेको छु र यो उपलब्धिबाट म खुसी छु।’
यसअघि आम आदमी पार्टीका संयोजक अरबिन्द केजरीवाल नयाँ दिल्ली र आम आदमी पार्टीकै अर्का उम्मेदवार पूर्वउपमुख्यमन्त्री मनिष सिसोदिया पनि जंगपुरा सिटमा हारिसकेका छन्।
दिल्ली विधानसभाका ७० सिटमा भएको चुनावको मतगणना जारी छ।
यो खबर बनाउँदासम्म भाजपा ४८ सिटमा अगाडि छ भने आम आदमी पार्टी २२ सिटमा अगाडि छ। कंग्रेसले भने अहिलेसम्म एउटा पनि सिटमा अग्रता नलिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
Facebook Comments Box