धनगढी: जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका प्रमुख उदयराज जोशीको निधन भएको छ। भीमदत्त नगरपालिका-४ घर भएका जोशीको सोमबार बिहान साढे ३ बजेतिर निधन भएको निर्वाचन कार्यालयका सूचना अधिकारी भानबहादुर महराले बताए।
उनका अनुसार जोशी यही माघ २४ गते बिहीबार कार्यालयकै कामको सिलसिलामा काठमाडौँ गएका थिए। उनलाई शुक्रबार बिहानै ४ बजेतिर कोठामा बेहोस अवस्थामा फेला पारिएको थियो। उपचारका लागि कृष्ट हस्पिटल लगिएका उनको मस्तिष्कघातका कारण निधन भएको सूचना अधिकारी महराले बताए।
Facebook Comments Box