कञ्चनपुरः कञ्चनपुरबाट लागुऔषधसहित बझाङका दुई युवक पक्राउ परेका छन्।
जिल्लाको बझाङ पाथिभारा गाउँपालिका–२ का महेन्द्र बहादुर रोकाया र सोहि ठाउँका अमर बहादुर रोकायालाई इलाका प्रहरी कार्यालय ब्रहमदेबबाट खटिएको प्रहरी टोलीले कञ्चनपुरको भीमदत्त नगरपालिका–९ बाट पक्राउ गरेको जनाएको छ।
उनीहरू दुबै जनालाइ चेकजाँच गर्दा महेन्द्र बहादुर रोकायाको साथबाट ४ किलो ३३९ ग्राम र अमर बहादुर रोकायको साथबाट ४ किलो ५८७ ग्राम गरि जम्मा ८ किलो ९२६ ग्राम लागुऔषध बरामद गरेको प्रहरीले जनाको छ।
Facebook Comments Box