काठमाडौं: संयुक्त राष्ट्रसंघको शान्ति मिसन अन्तर्गत युनाइटेड मिसन इन्टरिम फोर्स इन लेबनान (युनिफिल) मा नेपाली सेनाका सहायक रथी मानबहादुर महरा डेपुटी फोर्स कमाण्डरका रूपमा नियुक्त भएका छन्।
यसअघि उक्त जिम्मेवारीमा रहेका उपरथी चोकबहादुर ढकाल दुई वर्षे कार्यकाल पूरा गरी स्वदेश फर्कने क्रममा आक्रमणमा परेका थिए। ढकाल सवार सवारी साधनमाथि आगजनी भएको घटनामा उनीसहित चार जना सैनिक घाइते भएको सेनाले जनाएको छ।
नेपाली सेनाका अनुसार हाल लेबनानमा ८७७ जना नेपाली सैनिक शान्ति स्थापनाका लागि खटिएका छन्। नयाँ डेपुटी फोर्स कमाण्डरको रूपमा सहायक रथी महराले नेतृत्व सम्हाल्दै युनिफिल मिसनमा आफ्नो भूमिका निर्वाह गर्नेछन्।
Facebook Comments Box