काठमाडौं: नेपाल प्रहरीका ४३८४ प्रहरी जवानहरुको एकैपटक सरुवा भएको छ।
प्रचलित नियमानुसार तलबभत्ता हाल सरुवा भएको कार्यालयबाट पाउने गरी हिजो (मंगलबार) जवानहरूको सरुवा गरिएको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ।
जसमा हालै नियुक्ति भएका जनपद प्रहरी समूहतर्फका प्रहरी जवानहरुको पदस्थापन गरेर सरुवा गरिएको हो। प्रहरी उपरीक्षकको माघ ४ गतेको निर्णय अनुसार ६ गतेबाट लागू हुने गरी १८४६ जना प्रहरी जवानहरुको पदस्थापन र सरुवा गरिएको हो।
यस्तै स्रोतका अनुसार अब चाडै अवधि पुगेका जिल्लाका प्रमुखहरुसमेत रहेका एसपीहरुको सरुवाको तयारी थालिएको छ। १ वर्ष समयावधि पुगेका स्थानमा एसपी फेरबदलको तयारी थालिएको जनाइएको हो।
Facebook Comments Box