काठमाडौं: सशस्त्र प्रहरी बल नेपालकी निरीक्षक सन्तोषी महत पोखरामा मृत फेला परेकी छन्। लामपाटनस्थित हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालयमा तालिमरत महत हिजो राति शौचालयमा झुण्डिएको अवस्थामा फेला परेकी हुन्।
प्राप्त जानकारीअनुसार, उनी सशस्त्र प्रहरी बलको सि.सं. १७ आधारभूत तालिममा प्रशिक्षणरत थिइन्। शिक्षालयभित्रै प्रशिक्षार्थी महिला ब्यारेकसँग जोडिएको शौचालयको बाँसको बलोमा नाइलनको डोरीले झुण्डिएको अवस्थामा उनी भेटिएकी थिइन्।
सिन्धुपाल्चोक, लौगर्चे-४ की स्थायी बासिन्दा महत सशस्त्र प्रहरी जवानका रूपमा सेवा प्रवेश गरी असई हुँदै निरीक्षकसम्म पुग्न सफल भएकी थिइन्।
यस घटनाको वास्तविक कारण पत्ता लगाउन प्रहरीले अनुसन्धान सुरु गरेको छ।
Facebook Comments Box