काठमाडौं: नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी) जनक भट्टराई अतिरिक्त महानिरीक्षक (एआईजी)का लागि बढुवा सिफारिस भएका छन्।
आइतबार बिहान बसेको बढुवा सिफारिस समितिको बैठकले डीआईजी भट्टराईलाई एआईजी बढुवाका लागि सिफारिस गरेको हो।
भट्टराई हाल कर्णाली प्रदेश प्रहरी प्रमुखका रूपमा कार्यरत छन्। उनी हालका आईजीपी बसन्त बहादुर कुँवरका ब्याची हुन्।
एआईजी रवीन्द्र केसीले राजीनामा दिएपछि प्रहरीमा एआईजीको एक पद रिक्त भएको थियो। केसीले आफू बढुवा हुँदा नै एक महिनामा राजीनामा गरेर भट्टराईको बढुवाका लागि बाटो खुला गर्ने सहमति गरेको प्रहरी प्रधान कार्यालय उच्च स्रोतले बताएको छ।
सोही अनुसार केसीले राजीनामा दिएका थिए।
एआईजी केसीको राजीनामा गत मंगलबारको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको थियो। केसी पनि आईजी कुँवरकै ब्याचका हुन्।
अब भट्टराई आगामी चैत ५ गतेदेखि अनिवार्य अवकास हुनेछन्। भट्टराईले एआईजीका रूपमा दुई साता मात्रै काम गर्न पाउने छन्। एक सातापछि मात्रै मन्त्रिपरिषद् बैठकले बढुवा निर्णय गर्ने भएकाले भट्टराई छोटो समयका लागि एआईजी बन्न लागेका हुन्।