काठमाडौं: लुटपाटमा संलग्न भएको आरोपमा नेपाली सेनाका उपसेनानी आदर्श देवकोटा आइतबार बिहान काठमाडौंको बालाजुबाट पक्राउ परेका छन्।
प्रहरी स्रोतका अनुसार देवकोटा सवार मोटरसाइकलमा रहेका एक युवकले बसपार्क क्षेत्रमा एक महिलाको झोला तानेर भागेका थिए। लुटपाटमा संलग्न ती युवक फरार रहेका छन् भने उपसेनानी देवकोटालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
देवकोटाले ती युवकलाई नचिन्ने दाबी गर्दै आफूले केवल लिफ्ट दिएको बताएका छन्। प्रहरीले उनलाई प्रारम्भिक अनुसन्धानपछि सैनिक प्रहरीको जिम्मा लगाएको छ।
Facebook Comments Box