धनगढी: धनगढी विमानस्थलबाट काठमाडौँ जान लागेका एक युवकलाई लागुऔषधसहित पक्राउ गरिएको छ।
प्राप्त जानकारीअनुसार, धनगढी उपमहानगरपालिका–१३ स्थित विमानस्थलमा सुरक्षा जाँचका क्रममा कञ्चनपुरको वेदकोट नगरपालिका–८ बस्ने २१ वर्षीय भवन नाथको साथबाट ६ ग्राम ७०० मिलिग्राम चरेश बरामद गरिएको हो।
नाथ बुद्ध एयरमार्फत काठमाडौँ जान लागेका थिए। धनगढी विमानस्थलको सुरक्षा टोलीले उनलाई नियन्त्रणमा लिएको थियो। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको छ।
यस घटनाले विमानस्थलको सुरक्षा व्यवस्थासँगै लागुऔषध ओसारपसारबारे पनि गम्भीर प्रश्न उठाएको छ।
Facebook Comments Box