काठमाडौं: तनहुँको ऋषिङ प्रहरी चौकीमा कार्यरत वरिष्ठ हवल्दार ओमबहादुर विक मृतावस्थामा फेला परेका छन्।
रुपन्देही घर भई ऋषिङमा कार्यरत ४३ वर्षीय विक सोमबार बिहान चौकी नजिकै बेलौतीको रुखमा झुण्डिएको अवस्थामा फेला परेका हुन्।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) अशोक थापाका अनुसार विक लामो समयदेखि मानसिक रूपमा बिरामी थिए।
विकले किन झुण्डिएर आत्महत्या गरे यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Facebook Comments Box