काठमाडौं: सरकारले नेपाल प्रहरीको ३१ औं महानिरीक्षक (आईजी)मा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दीपक थापालाई नियुक्त गरेको छ। सरकारले प्रहरी नियमावली, २०७१ लाई टेकेर थापालाई आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको हो।
यसअघि थापा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रमुख थिए। प्रतिस्पर्धामा रहेका एआईजीद्वय सुदीप गिरी र टेकबहादुर तामाङलाई पछि पार्दै थापाले बाजी मारेका हुन्। अब थापाले २०८२ भदौ १८ गतेसम्म प्रहरी संगठनको नेतृत्व गर्ने छन्। आउट गोइङ आइजी बसन्त बहादुर कुँवरकै ब्याचका थापा वैकल्पिक टोलीका रूपमा २०५२ भदौ १९ मा इन्स्पेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेका थिए। २०७९ फागुन २६ मा एआईजीमा सिफारिस भएका थापालाई चैत ६ को मन्त्रिपरिषद् बैठकले एआईजीमा बढुवा गरेको थियो।
Facebook Comments Box