धनगढी: धनगढीकाे ऐश्वर्य बहुमुखी क्याम्पसमा एक हजार चार सय तीन मत खसेकाे छ। स्ववियुकाे नयाँ नेतृत्व चयनका लागि मंगलबार बिहानदेखि भएकाे निर्वाचनमा एक हजार चार सय तीन मत खसेकाे निर्वाचन समितिले जनाएको छ।
मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएपनि एक जना फर्जी मत हाल्न गएका विद्यार्थीलाई प्रहरीले पक्राउ गरेकाे थियाे।
सर्वदलीय बैठकपछि आजै मतगणना गर्ने तयारी रहेकाे निर्वाचन समितिले जनाएको छ। क्याम्पसमा फर्जी भाेट हाल्न मतदान केन्द्रमा पुगेका डाेटीकाे शिखर नगरपालिका-४ बस्ने २५ वर्षीय भाेजराज भट्टलाई प्रहरीले समातेको हो।
उनी कैलाली बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत विद्यार्थी भएकाे खुलेकाे छ। उनी नेविसंघको पक्षमा फर्जी मत हाल्न मतदान केन्द्रमा पुगेपनि मत खसाल्न नपाउँदै उनलाई पक्राउ गरिएकाे थियो।
Facebook Comments Box