धनगढी: धनगढीमा आइतबार ट्याङकरले ठक्कर दिदा घाइते भएकी युवतीको मृत्यु भएको छ। आइतबार दिउँसो धनगढी उपमहानगरपालिका–३ चटकपुरमा सुपप्र०१००१ प २२११ नम्बरको ट्याङ्करले साइकल यात्री गोदावरी नगरपालिका–८ बस्ने २१ वर्षीया पार्वती खड्कालाई ठक्कर दिएको थियो।
ट्याङकरको ठक्करबाट घाइते भएकी खड्काको सोमबार बिहान उपचारका क्रममा धनगढीकै मायामेट्रो अस्पतालमा मृत्युु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्र सिंह बोहराले बताए।
उनको शव परीक्षणपछि आफन्तको जिम्मा लगाइने उनले बताए । डीएसपी बोहराकाअनुसार ट्याङकर र चालक कञ्चनपुरको वेदकोट नगरपालिका–१ बस्ने ४९ वर्षीय प्रकाशदत्त भट्टलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
Facebook Comments Box