धनगढी: भारतीय नागरिक आदित्य कुमार अग्रवालले नेपाली नागरिकता पनि लिएको खुलेको छ। सोही आरोपमा उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय कैलालीमामा जाहेरी पनि परेको बताइएको छ।
भारतीय मूलका नागरिक अग्रवाल पहिले धनगढीस्थित एलएनचोक बस्थे भने अहिले नेपालगन्जमा बस्छन्।
अग्रवाल भारत उत्तर प्रदेश, गौतम बुद्ध नगरका स्थायी बासिन्दा हुन्। उनी हाल नेपालगञ्ज उपमहानगरपालिका–१२, बेलासपुरमा बस्दै आएका छन्।
जाहेरीमा उल्लेख भएअनुसार, अग्रवालले भारतीय आधार कार्ड लिइसकेको प्रमाण भए पनि उनले नेपालमा नागरिकता लिई औषधि लगायतका व्यवसाय सञ्चालन गरिरहेका छन्। साथै, उनले नेपाल र भारत दुवै देशको सेवा–सुविधा लिएको दाबी गरिएको छ।


Facebook Comments Box