धनगढीः दार्चुलामा जिपको ढोकाबाट खस्दा एक जनाको मृत्यु भएको छ।
जिल्लाको महाकाली नगरपालिका–९ दत्तुस्थित दार्चुला खलगांदेखी फाप्ला जाँदै गरेको चालक दार्चुलाको मालिकार्जुज गाउँपालिका–२ का नरेन्द्र धामीले चलाएको सुदूरपश्चिम प्रदेश ०४००१ ज ००९९ नम्बरको जिपको ढोकाबाट खस्दा सोहि ठाउँका ३९ वर्षीय विक्रम सामन्तको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
प्रहरीका अनुसार मङ्गलवार दार्चुला खलगांदेखी फाप्ला जाँदै गरेको जिपको दायाँ पट्टिको ढोका आफै खुलेर लड्दा उनी घाइते भएका थिए। घाइते सामन्तको उपचारको क्रममा मृत्यु भएको जनायएको छ।
Facebook Comments Box