धनगढी: कैलालीको घोडाघोडी नगरपालिका–९ स्थित सिमली जंगलमा बसेका विदेशी नागरिकहरूले उक्त ठाउँ छोडेका छन्। जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख गोगन बहादुर हमालले फागुन ८ गते २४ घण्टाभित्र ठाउँ खाली गर्न निर्देशन दिएका थिए। तर तर उनको निर्देशन नाकाम बनेको देखिएको छ।
निर्देशनको अटेरी गरेपछि प्रहरीको एक टोली उनीहरू बसेको ठाउँमा गएको थियो। तर उनीहरूले ठाउँ नछाडेको बताइएको थियो।
जबकी उनीहरूले शुक्रबारमात्र उक्त ठाउँ छोडेको बताइएको छ। शुक्रवारमात्र भारत, अमेरिका, चीन, जापान लगायत १८ देशका करिब १५० जना विदेशी नागरिकहरूले आफ्नो गन्तव्यतर्फ प्रस्थान गरेका छन्। ती विदेशी नागरिकहरू करिब २८ दिनदेखि सिमली जंगलमा बसेका थिए।
रेन्बो ग्यादरिङ के हो?
रेन्बो ग्यादरिङ विभिन्न देशका मानिसहरूको स्वतन्त्र, शान्तिपूर्ण र प्राकृतिक जीवनशैलीको अभ्यास गर्ने जमघट हो। यसमा सहभागीहरू प्रकृतिसँगको सम्बन्ध र समुदायको भावनालाई सम्मान गर्दै आत्म-अभिव्यक्ति र सांस्कृतिक आदानप्रदान गर्छन्।
सिमली जंगलमा विदेशीहरूको जमघट र त्यसपछि भएको स्थानान्तरणले केही समयसम्म स्थानीयवासीमा चासो उत्पन्न गराए पनि उक्त जमघटले कुनै किसिमको समस्या नझल्काएको स्थानीय प्रशासनले जनाएको छ।
सन् १९८० र ९० को दशकमा अमेरिकाबाहिर युरोप, ल्याटिन अमेरिका र एसियामा पनि यस्ता जमघट हुन थालेको बताइन्छ। रेन्बो ग्यादरिङको उद्देश्य स्वतन्त्र, नियमविहीन, पैसारहित र समुदायमैत्री जीवनशैली अपनाउनु रहेको बताइन्छ । यस अगाडि यस्तै घटना अछाममा हुँदा पनि बबाल भएको थियो।
त्यसबेला पनि रेन्बो फेमली ग्यादरिङ नाम दिएर यसैगरि अछामको रामारोशन क्षेत्रमा समेत विदेशी नागरिक प्रवेश गरेका थिए।